राष्ट्रपति भण्डारीद्वारा विप्लव निकटलाई पनि पदक | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

राष्ट्रपति भण्डारीद्वारा विप्लव निकटलाई पनि पदक

rastrapati bidhya devi bhandari

काठमाडौं, ३ बैशाख । ध्वंसात्मक गतिविधिको आरोपमा सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूह नेकपाका शिक्षक संगठनका अध्यक्ष घनश्याम पाठक प्रबल जनसेवाश्री पदकबाट सम्मानित भएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार उनलाई पदक वितरण गरेकी हुन् । भण्डारीले आइतबार धेरै जनालाई पदक वितरण गरेकी थिइन् । यो समाचार  यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

प्र्रबल जनसेवाश्री पदक पाउने पाठक अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय अध्यक्ष हुन् । गत वर्षमात्र उनी अध्यक्ष भएका थिए । राजनीतिक दलनिकट शिक्षक संगठनका अध्यक्ष भए पनि पाठकले नेतृत्व गरेको स्कुल अध्ययन अध्यापनमा अब्बल छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);