१४ पूर्वप्रधानन्यायाधीशले फिर्ता गरेनन् सरकारी गाडीः सेतो नम्बर प्लेटलाई रातो बनाए | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

१४ पूर्वप्रधानन्यायाधीशले फिर्ता गरेनन् सरकारी गाडीः सेतो नम्बर प्लेटलाई रातो बनाए

gadi-sarkari

काठमाडौं, २ बैशाख । सर्वोच्च अदालतका १४ पूर्वप्रधानन्यायाधीशले नियमविपरीत सरकारी गाडी सुविधा प्रयोग गर्दै आएका छन् । सुरेन्द्रप्रसाद सिंहदेखि ओमप्रकाश मिश्रसम्मले सरकारी गाडीमा निजी नम्बर प्लेट नै राखेर प्रयोग गरेका हुन् ।

१ चैत ०७४ मा अवकाश पाएका पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीले एक करोड २९ लाख ६० हजार मूल्य पर्ने टोयोटा फच्र्युनर फिर्ता गरेका छैनन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

पराजुलीपछि प्रधानन्यायाधीश बनेका ओमप्रकाश मिश्रले अवकाश हुनुभन्दा केही समयअघि मात्रै खरिद गरेको टाटा स्ट्रोम लगेका छन् ।

सरकारी सुविधाको सबैभन्दा महँगो गाडी अवकाशपछि निजी बनाएर प्रयोग गर्ने पूर्वप्रधानन्यायाधीश हुन् कल्याण श्रेष्ठ । उनले करिब साढे दुई करोडको टोयोटा ल्यान्डक्रुजर लगेका हुन् ।

अवकाशपछि उनी सोही गाडी चढेर सर्वोच्च आएका वेला अदालतका कर्मचारीले चाबी खोसेर तत्कालीन मुख्य रजिस्ट्रार डा. राजन भट्टराईलाई बुझाएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);