प्रदायक संस्थाले गर्यो सरकारविरुद्ध आन्दोलन | ईमाउण्टेन समाचार

Our Network

माघ १५ २०८१, मंगलबार

प्रदायक संस्थाले गर्यो सरकारविरुद्ध आन्दोलन

internet

काठमाडौं, २९ चैत । इन्टरनेट सेवा प्रदायक संस्थाहरुले सरकारविरुद्ध आन्दोलन सुरु गरेका छन् ।

सरकारले टिभी प्रशारणको अनुमति लिएका कम्पनीलाई विनाप्रतिस्पर्धा इन्टरनेटका लागि फ्रिक्वेन्सी दिने तयारी गरेको भन्दै इन्टरनेट सेवा प्रदायक संस्थाहरुले सरकारविरुद्ध आन्दोलन सुरु गरेका हुन् । उनीहरुले शुक्रबार राजधानीको कमलादीस्थित नेपाल दूर संचार प्राधिकरणको कार्यालयमा धर्ना समेत दिएका छन् । नियम, कानुन विपरित संचार तथा सूचना प्रविधि मन्त्रालयले इन्टरनेट सेवा टिभी प्रशारणको अनुमति लिएका कम्पनीलाई दिने निर्णय गरेपछि त्यसको विरोधमा आन्दोलन गर्नु परेको इन्टरनेट सेवा प्रदायक संघ, नेपालका अध्यक्ष भोजराज भट्टले जानकारी दिए ।

सरकारले हाल नेपाल दूर संचार प्राधिकरणकाबाट इन्टरनेट सेवा संचालन गर्ने अनुमति दिईरहेको छ । अव संचार तथा सूचना प्रविधि मन्त्रालय आफैले सो काम गर्न लागेकोमा पनि आफूहरुको आपत्ति रहेको संघको भनाई छ । इन्टरनेट सेवा प्रदायक संस्थाहरुले आफूहरुले सहज रुपमा इन्टरनेट सेवा उपलब्ध गराईरहँदा पनि सरकारले विकल्प खोजेको भन्दै आक्रोश पनि व्यक्त गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);