काठमाडौं, २७ चैत । अहिले दुई तिनवटा विषय चर्चाको विषय बनिरहेको छ । ति मध्ये एउटा विषय नागरिकता हो, जुन विषयमा अहिले चर्को बहस भईरहेको छ । जन्मको आधारमा नागरिकता लिएकाको सन्तानलाई वंशजको नागरिकता दिने कि नदिने भन्ने कुरा बहसको विषय बनेको छ । संगै चैत २६ गते नेपालमा बहुदलीय व्यवस्था सुरु भएको २९ वर्ष पूरा भएको छ । केहि बुद्धिजिबीहरुले पंचायतको ३० वर्ष र बहुदलीय व्यवस्थाको २९ वर्ष तुलनायोग्य छ कि छैन भनेर बहस प्रारम्भ गरेका छन् । २९ वर्षमा पुग्दा नेपालको बहुदलीय व्यवस्था र संसदिय परिपाटी कति परिपक्क भयो ? गणतन्त्रको व्यवस्था कति परिपक्क भएको छ ? राजनीतिक नेतृत्वमा मात्रै परिवर्तन भएको छ कि संस्कार पनि परिवर्तन भएको छ ? के नेपालमा राजतन्त्र फर्कंदैछ ? बहुदलको २९ बर्र्ष कस्तो रहयो ? नागरिकता विधेयकमा किन विवाद भयो ? यी र यस्तै विषयमा केन्द्रित कार्यक्रम ‘खरो प्रश्न’ मा प्रस्तोता प्रकाश गिरीले राप्रपा संयुक्तका अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीसंग गरेको कुराकानी हेर्नुहोस् :




