काठमाडौं, २७ चैत । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाईट राईडर्सलाई हराउँदै चेन्नाई सुपर किङ्स शीर्ष स्थानमा उक्लिएको छ ।
मंगलवार राति भएको खेलमा कोलकातामाथि ७ विकेटको जित निकाल्दै चेन्नाई १० अंकसहित तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । समान खेलबाट ८ अंक जोडेको कोलकाता दोस्रो स्थानमा छ । कोलकताले दिएको १ सय ९ रनको लक्ष्य चेन्नाईले १७ ओभर २ बलमा ३ विकेट गुमाएर पुरा ग¥यो । चेनाईको जितमा फाप डु प्लेसिस र अम्बाती रायडुले उत्कृष्ट साझेदारी गरे । प्लेसिस ४३ रनमा अविजित रहँदा रायडुले २१ रनको योगदान गरे । यस अघि टस हारेर पहिला ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ८ रन मात्र बनाउन सक्यो ।