ट्याक्सी भाडा वृद्धि गर्न व्यवसायीको माग | ईमाउण्टेन समाचार

Our Network

असोज ३ २०८३, आइतबार

ट्याक्सी भाडा वृद्धि गर्न व्यवसायीको माग

taxi

काठमाडौं, २६ चैत । ट्याक्सी व्यवसायीहरुले तत्काल टयाक्सी भाडा वृद्धि गर्न सरकारसँग माग गरेका छन् । उपत्यका टयाक्सी व्यवसायी तथा चालक सेवा समाजले तत्काल ट्याक्सी भाडा वृद्धि गर्न माग गर्दै यातायात व्यवस्था विभागका महानिर्देशक कुमार दाहाललाई मंगलबार ज्ञापन पत्र बुझाएका छन् ।

मिनभवन स्थित विभागको कार्यालयमा बुझाइएको ज्ञापन पत्रमा बजार भाउलाई मूल्यांकन गरेर ट्याक्सी भाडा वृद्धि गर्न सरकारसँग माग गरिएको छ । यता, विभागमा महानिर्देशक दाहालले भने एक हप्ता भित्र टयाक्सी व्यवसायीहरुको माग सम्बोधन गर्ने प्रतिवद्धता व्यक्त गरे ।

उनले टयाक्सी व्यवसायीहरुको माग सम्बोधन गर्न आफूले प्राविधिक समितिनै गठन गर्ने पनि बताए । सरोकारवाला निकायसँग छलफल गरेर टयाक्सी व्यवसायीहरुको माग सम्बोधन गर्न आफू लागि पर्ने महानिर्देशक दाहालको भनाई छ।

टयाक्सी व्यवसायीहरुले बजारमा सबै बस्तुको मूल्य बढ्दा पनि टयाक्सीको भाडादर वृद्धि नहुँदा आफूहरु मारमा परेको गुनासो गर्दै आएका छन् । उनीहरुले टयाक्सी पार्किङको उचित व्यवस्था गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराएका छन् ।