काङ्ग्रेसको भविष्य सङ्कटमा पर्दा देश अराजकतर्फ जान्छ : डा. काेइराला | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

काङ्ग्रेसको भविष्य सङ्कटमा पर्दा देश अराजकतर्फ जान्छ : डा. काेइराला

dr sekhar koirala

गाईघाट, २६ चैत ।  नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले काङ्ग्रेसभित्रकाे गुटबन्दीले पार्टीको भविष्य सङ्टकमा परेको बताएका छन् । उदयपुरकाे सदरमुकाम गाईघाटस्थित गिरिजाप्रसाद कोइराला फाउण्डेशन (जिपी फाउण्डेशन) को नयाँ कार्यालय स्थापनाको अवसरमा उनले पार्टीको मूल नेतृत्वकर्ताहरु नै गुटउपगुटमा लागेकाले केन्द्रदेखि जिल्लासम्म काङ्ग्रेस कमजोर बन्ने अवस्था आएको बताएका हुन् ।

केन्द्रीय सदस्य कोइरालाले हिजो पार्टीका संस्थापक नेता विपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाले देखाएको बाटोहरु बिर्सेर केन्द्रीय नेतृत्व एक्लै हिँड्न खोज्दा पार्टी कमजोर बन्न पुगेको बताए । अहिलेको जस्तो अवस्था रहिरहे आगामी दिनमा काङ्ग्रेसको भविष्य सङ्कटमा पर्ने र देश नै अराजकतर्फ जाने उनले बताएका छन् ।

जिपी फाउण्डेशनको स्थापनासँगै काङ्ग्रेसका उदयपुर जिल्ला पार्टी सचिव मदनराज कटुवाललाई फाउण्डेशनको संयोजकमा नियुक्त गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);