‘पब्जी’ खेल्ने बालबालिकामा मानसिक असन्तुलन, तत्काल बन्द गर्न माग | ईमाउण्टेन समाचार

Our Network

पुष २५ २०८१, बिहीबार

‘पब्जी’ खेल्ने बालबालिकामा मानसिक असन्तुलन, तत्काल बन्द गर्न माग

pubg

काठमाडौं, २६ चैत । बालबालिका र किशोरकिशोरीमाझ लोकप्रिय खेल पब्जीले मानसिक समस्या निम्त्याएको भन्दै यसलाई तत्काल बन्द गर्नुपर्ने सुझाव विज्ञहरुले दिएका छन् । यो समाचार आजको कान्तिपुर दैनिकमा लेखेको छ ।

यो खेलले हिंसाप्रति उनीहरुको लगाव बढेको मनोचिकित्सकहरु बताउँछन् । खेलाडीहरुको अज्ञात युद्धस्थल अर्थात् ‘प्लेयर्स अननोन बेटल ग्राउन्ड (पब्जी) अति खेल्ने बालबालिकामा मानसिक असन्तुलनसमेत देखिएकाले यसलाई उनीहरुको पहुँचबाट टाढा राख्नुपर्ने निष्कर्षमा मनोविद्हरु पुगेका हुन् ।

‘पब्जी खेलमा हिंसा हुने भएकाले खेल्नेहरुमा विस्तारै हिंस्रक व्यवहार देखिन थाल्छ,’ युवा मनोपरामर्शदाता सुनिल अधिकारी भन्छन्, ‘त्यसको प्रभाव बढ्दै गएर धेरै बालबालिका र किशोरको मानसिक सन्तुलन नै खलबलिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);