ललितपुरमा ५ दिने ‘अन्तर्राष्ट्रिय व्यापार मेला’ आयोजना हुने | ईमाउण्टेन समाचार

Our Network

चैत २१ २०८१, शुक्रबार

ललितपुरमा ५ दिने ‘अन्तर्राष्ट्रिय व्यापार मेला’ आयोजना हुने

lalitpur byapar mela

ललितपुर, २४ चैत । ललितपुरमा चैत २७ गतेदेखि ५ दिने ‘अन्तर्राष्ट्रिय व्यापार मेला’ आयोजना हुने भएको छ । ललितपुरको कला, संस्कृति र हस्तकलाका सामग्रीलाई अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्ने मूल उद्देश्यका साथ सो मेला आयोजना गर्न लागिएको हो ।

ललितपुर उद्योग वाणिज्य संघले आईतबार पत्रकार सम्मेलन गरी यही चैत्र २७ गतेबाट सुरु हुने मेला बैशाख १ गते आईतबारसम्म चल्ने जानकारी गराएको छ । ललितपुरको कला, संस्कृति र हस्तकलाका सामग्रीहरुको अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्ने मूल उद्देश्यका साथ मेला आयोजना गर्न लागिएको संघका अध्यक्ष कृष्णलाल महर्जनले जानकारी दिए ।

मेलामा भारत, चीन, पाकिस्तान, बंगलादेश लगायतका देशहरुको सहभागिता रहनेछ भने १ सय भन्दा बढि स्टलहरु रहनेछन । त्यसैगरी मेलामा करिव ५ लाखले अवलोकन गर्ने र ५ करोड रुपैँया बराबरको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);