राहतको सामग्री निःशुल्क ढुवानी हुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

राहतको सामग्री निःशुल्क ढुवानी हुने

bara

काठमाडौं, २४ चैत । बारा र पर्साका हावाहुरीबाट पीडितका लागि राहत सामग्रीको ढुवानी निःशुल्क गरिने भएको छ ।

नेपाल सामान ढुवानी व्यवसायी संघको बैठकले उक्त क्षेत्रमा प्रदान गरिने राहत सामग्री निःशुल्क ढुवानीको व्यवस्था गर्ने निर्णय गरेको हो । संघका अध्यक्ष श्यामकुमार डंगोलले राहत सामग्री लैजाने तयारीमा रहेका विभिन्न संघ, संस्था, व्यक्तिलगायत सहयोगी र दातालाई संघसँग समन्वय गर्न आग्रह गरे । उनले राहत सामग्री काठमाडौंदेखि वितरणस्थलसम्म पुर्‍याउन सहयोग गरिने बताए ।

संघले हावाहुरीमा परी ज्यान गुमाउनेहरुको आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ । एक नेपालीले अर्को नेपालीलाई गाह्रो पर्दा मन खोलेर सहयोग गर्ने संस्कार अनुसार सहयोगी हात अगाडि बढाउन संघले आह्वान गरेको छ ।यो समाचार आजको नागरिक दैनिकमा लेखेको छ ।

संघको तर्फबाट उपलब्ध गराउन लागिएको निःशुल्क सेवाका लागि नेपाल सामान ढुवानी व्यवसायी संघ, सानो भर्‍याङ, काठमाडौंको सम्पर्क नं ०१–४२८६३१२, ४२७१३३१ र ९८४१२८८९६१ मा सम्पर्क गर्न आग्रह गरिएको छ । काठमाडौं सामान ढुवानी व्यवसायी संघ, ठूलो भर्‍याङको सम्पर्क नं ०१–४६७१४५८ वा ९८५१०३०३३८ तथा वीरगञ्ज ट्रान्सपोर्ट एसोसिएसन, आदेश नगर वीरगन्जका सचिव नवराज अधिकारीको सम्पर्क नं ९८४५०३३३६१ मा सम्पर्क गर्न सहयोगदातालाई अनुरोध गरिएको जारी विज्ञप्तिमा उल्लेख छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);