‘सरकार आफ्नै गतिविधिका कारण टिक्दैन’ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

‘सरकार आफ्नै गतिविधिका कारण टिक्दैन’

gopalman sherestha

रामेछाप, २४ चैत । कांग्रेस नेता गोपालमान श्रेष्ठले वर्तमान सरकार आफैले संचालन गरेको गतिविधिका कारण असफल हुने बताएका छन् । शनिबार रामेछाप सदरमुकाम मन्थलीमा आयोजित नेपाल शिक्षक संघ रामेछापको प्रतिनिधिसभा कार्यक्रम बोल्दै श्रेष्ठले वर्तमान अवस्थामा केन्द्र, प्रदेश स्थानीय तहमा कम्युनिस्टको हालीमुहाली रहे पनि त्यो अब धेरै नटिक्ने बताएका हुन् ।

उनले कम्युनिस्ट सरकारलाई कांग्रेसको विगतको इतिहास हेर्दै हो भने राजनीतिक इतिहासमा निकै अगाडि रहेकाले हल्का रूपमा नलिन आग्रह गरेका छन् । यो समाचार आजको नागरिक दैनिकमा लेखेको छ ।

उनले वर्तमान सरकार हत्या र भ्रष्टाचारको पयार्य झै बनिसकेको यो अवस्थामा सरकार टिक्ने आधार नै समाप्त हुदै जान लागेको बताए । कांग्रेसको अर्थनितिमा टिकेको वर्तमान सरकार सडक त टाल्न सकिरहेको छैन रेल र पानी जहाज सञ्चालन गर्ने होहल्लालाई गाना ठानेर हिँडेको बताए ।

उनले कांग्रेसले काम प्रशस्तै गरेको भएता पनि प्रचारमा भने चुकेको कारण केही समस्या देखिएको बताए । कांग्रेसका लागि यो हतारको समय नभई अवसरको समयको भएकाले यसको अधिकत्तम उपयोग गर्न सक्नु पर्ने बताए ।

उनले बाम गठबन्धनको एक घटकका रूपमा रहेको माओवादी प्रति व्यंग्य गर्दै आफ्नो अस्तित्व बचाउनका लागि उसलाई अर्को शक्तिशाली पार्टीसँग मिल्नुको अर्को विकल्प थिएन त्यसैले अलि विचार मिल्नेसँग विलय भएर आफ्नो स्थान सुरक्षित गरेको बताए ।

उनले यदि एमालेसँग नमिलेको भए कांग्रेससँग नै मिल्न आउने बताए । उनले पछिल्लो समयमा केही जिल्लाका सभापतिको भेलाका सन्दर्भमा भने जिल्ला सभापति भर्सेज केन्द्रीय समिति बन्न नहुने बताए । उनले सबैले आफ्नो आफ्नो जिम्मेवारीमा बसेर काम गर्नुपर्नेमा जोड दिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);