लिच्छविकालीन पोखरीमा ठडिए कंक्रिटका पिलर | ईमाउण्टेन समाचार

Our Network

फागुन १८ २०८१, आइतबार

लिच्छविकालीन पोखरीमा ठडिए कंक्रिटका पिलर

licchabikalinpokhari ma pillar

ललितपुर, २३ चैत ।  ठेचोस्थित पिंन पोखरीको जमिनको भागमा स्थानीय उपभोक्ता समितिले ३ दिनअघि ढलान सुरु गरेको छ । लिच्छविकालीन मानिएको यो पोखरीमा अहिले भवन बनाउन धमाधम डन्डी बिछ्याउने काम भइरहेको छ ।

गोदावरी नगरपालिका र प्रदेश ३ सरकारको आर्थिक सहयोगमा पोखरीमाथि धमाधम वृद्धाश्रम बनाउन लागिएको हो । प्राचीन पोखरी मासेर भवन बनाउन थालेपछि सम्पदा संरक्षण अभियन्ताले विरोध गरेका थिए । यससम्बन्धी समाचार सार्वजनिक भएपछि पुरातत्त्वले विभागले काम रोक्न निर्देशन दिएको थियो ।

विभागले दिएको निर्देशनसमेत नटेरी समितिले काम अघि बढाएको थियो । नगरपालिका र प्रदेश सरकारले स्थानीय उपभोक्ता समितिलाई कामको जिम्मा दिएको थियो । ‘हामीलाई पुरातत्त्व विभागले रोक भनेकै छैन,’ ज्येष्ठ नागरिक सेवा केन्द्रका सचिव नन्द महर्जनले भने, ‘हामी जसरी पनि बनाएरै छाड्छौं ।’ उनले पोखरी पूरै नमिची केही भाग मात्र लिएको दाबी गरे । ‘पोखरीको ८ फिट मात्र लिन लागेको हो,’ उनले भने, ‘बाँकी भागमा पोखरी नै बनाउँछौं ।’

पुरातत्त्व विभागले पोखरीको अध्ययन गरी प्रतिवेदन पेस गर्न पाटन स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयलाई निर्देशन दिएको थियो । कार्यालयले सँग्रहालय अधिकृत काजी प्याकुरेललाई स्थलगत अध्ययनका लागि खटाएको थियो । उनले पोखरी पनि बनाउनुपर्ने, भवन पनि बनाउनुपर्ने भन्दै विवादास्पद प्रतिवेदन दिएका थिए । यही प्रतिवेदनलाई आधार मानेर काम अघि बढाइएको छ । यस्तो प्रतिवेदन दिनुलाई कानुन व्यवसायीले आफ्नो कार्यक्षेत्रविपरीत भएको प्रतिक्रिया दिएका छन् ।

यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);