३२ जना विद्यार्थीलाई ७२ हजार रुपैयाँको बैदेशिक रोजगार छात्रवृत्ति | ईमाउण्टेन समाचार

Our Network

असोज १ २०८१, मंगलबार

कैलाली, १७ भदौ ।
कैलालीका ३२ जना विद्यार्थीले दुई लाख ७२ हजार रुपैयाँ बराबरको बैदेशिक रोजगार छात्रवृत्ति पाएका छन ।

 

बैदेशिक रोजगार प्रबद्र्धन बोर्डले प्रदान गर्ने छात्रवृत्ति जिल्ला शिक्षा कार्यालय कैलालीले वितरण गरेको हो । २८ जना विद्यार्थीले जनही आठ हजार र चार जना विद्यार्थीले जनही १२ हजारका दरले छात्रवृत्ति पाएका छन् । बैदेशिक रोजगारीको क्रममा बिदेश गएका र विदेशमा मृत्यु भएकाहरुका बालबालिकालाई छात्रवृति रकम वितरण गरिएको हो । छात्रवृतिवापत पाएको रकमले आफ्ना बालबच्चाको पठाइमा सहयोग पुग्ने अभिभावकहरुको भनाइ छ ।

 

बैदेशिक रोजगार छात्रवृत्ति आर्थिक वर्ष २०७१÷७२ बाट लागु भएपनि कैलालीमा पहिलोपटक वितरण गरिएको हो ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);