कालिकोट, २१ चैत । जिल्लाको खाडाचक्र नगरपालिका वडा नं १ मान्म स्थित गैरा गाउँका ११ वर्षीय भरत दमाई र निर्जन नेपाली भारी बोकेर आफ्नो जिविको पार्जन गर्छन् । साविकको भर्ता गाविसको जितेबजारको छहरादेखि लालिघाटसम्म उनले भारी बोक्न थालेको दुई वर्ष भइसक्यो ।
कालिकोट जिल्लामा अधिकांश दलित बालबालिका स्कुल छाडेर भारी बोक्ने र बाजा बजाउनमा ब्यस्त रहेको पाईन्छ । जितेबजारको छहरामा गाडी नआउँदै बालबालिका बस पार्कमा कुरेर बस्ने गरेका छन् । गाडी रोक्ने बित्तिकै बिभिन्न सामानहरु चामललगायतका खाद्यान्न बोकेर बजारको पुलदेखि एक किलोमिटर टाढाको दुरीमा रहेको लालिघाट बजारमा पुर्याउने गरेका छन् ।
बुवा वितिसक्नु भयो आमा अर्कै बुवासँग जानुभो खाने गाँस र बस्ने बास त छैन कसरी स्कुल जानु भन्छन् ११ वर्षिया भरत दमाई । स्कुल जान र पढ्न मन त लाग्छ तर कापी कलम छैन भनेर निरास हुँदै जवाफ दिन्छन् उनी । भारी कसैले बोकायो भने दिनमा चार पाँच सय कमाने उनिहरुको बताए । यो समाचार आजको हिमालय टाइम्स दैनिकमा छ ।




