एक बोतल अत्तरको मूल्य साढे १४ करोड | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

एक बोतल अत्तरको मूल्य साढे १४ करोड

sent

काठमाडौं, १९ चैत । एक इमिराती अत्तर कम्पनीले विश्वकै महँगो अत्तर (परफ्यूम) बनाएको दाबी गरेको छ । यसको नाम ‘सामुख’ अर्थात अरेबिक भाषामा उच्चको हकदार हो । यसको मूल्य तीन लिटरको १२ लाख ९५ हजार डरल अर्थात १४ करोड ६९ लाख नेपाली रुपैयाँ पर्न आउँछ । यो तीन वर्षको अनुसन्धार ४ सय ९४ अत्तरको परीक्षणपछि उत्पादन भएको हो ।

यो इटालियन क्रिस्टल बोतलमा राखिएको छ । यसलाई सुनको बाँज, अरेबियन घोडा, गुलाफ, ३ हजार पाँच सय ७१ हिरा, ३८.५५ क्यारेटको मोती, १८ क्यारेटको २.५ किलो सुन र ५.९ किलो खसली चाँदीबाट सजाइएको छ । यो बोतल छालाको सोफामा झन्डै २ मिटरको उचाई रहेको छ ।

यसका सर्जक विलासी अत्तरको बा्रन्ड नाबिलको अंशका रुपमा रहेको ‘द स्पिरिट अफ दुबईले बोतल जनावरको चित्रबाट सजाइएको र यसमा अत्तरका अंशहरु रहेको जनाइएको छ । यसले दुबईको कथा बताउने पनि यसका सर्जकले बताएका छन् । यो समाचार कारोबार दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);