जनता आवास कार्यक्रम बन्यो विचौलियाको ठगी खाने भाँडो | ईमाउण्टेन समाचार

Our Network

मंसिर ८ २०८१, शनिबार

नवलपरासी, मोहम्मद ईजहार शेष, १७ भदौ । विपन्न तथा गरिब परिवारलाई लक्षित गरी सरकारले सञ्चालन गरेको जनता आवस कार्यक्रम विचौलियाहरुको ठगी खाने भाँडो भएको छ । जनता आवास कार्यक्रम अन्तरगर घर बनाउने रकम लक्षित वर्गको हातमा पुगेपनि उनीहरुले आफ्नो तरीकाले काम गराउन सकेका छैनन् ।

 

जनता आवास कार्यक्रम अन्तरगत नवलपरासीमा सरकारले पाँचसय घर बनाइरहेको छ । घर बनाउन दिएको पौसा लक्षित वर्गको हातमा त पुगेको छ तर उनीहरुले आफ्नो तरिकाले काम गर्न सकिरहेका छैनन् । विचौलियाहरुले विपन्न परिवारलाई सरकारले गरेको सहयोगमा समेत ठगी गरीरहेका छन् । घर बनाउनका लागि खसालीएको इटामा गुणस्तर हिन इटा मिसाएर ठगी गरेको स्थानीयको गुनासो छ । आवास कार्यक्रममा सहजीकरणका लागि सम्बन्धित गाँउमा संयोजकको रुपमा चयन गरिएको ब्यक्तिले नै आफूहरुमाथि ठगी गरेको उनीहरुको आरोप छ ।

 

गाउँका निरक्षर जनतालाई बिचौलियाहरुले आवास कार्यक्रममा उनीहरुको नाम आफूले पारिदिएको भन्दै रकमसमेत उठाएका छन् ।

 

निर्माण सामाग्री किन्ने ठाउँहरुमा समेत विचौलियाको मिलेमतो रहेको स्थानीयको गुनासो छ । कार्यक्रमका ईन्जिनियर चक्रबहादुर थापा भने लक्षित परिवारलाई रकम दिइएकाले आफ्नो तरिकाले सामान किनि घर बनाउन सम्बन्धित पक्षलाई जानकारी गराइएको दाबी गर्छन् ।

 

जनता आवास कार्यक्रम अन्तरगत जिल्लामा पाँच सय घरधुरीको घर निर्माण गर्न सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय चितवनले जिम्मा पाएको छ । यस कार्यक्रम अन्तरगत पाँच सय घरधुरीले चार किस्तामा गरि २ लाख १४ हजार ७ सय पाउने छन् ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);