श्रीमतीको हत्या गर्ने डाक्टरलाई सर्वस्व सहित जन्म कैदको माग गर्दै वीरगन्जमा प्रदर्शन | ईमाउण्टेन समाचार

Our Network

माघ १ २०८१, मंगलबार

श्रीमतीको हत्या गर्ने डाक्टरलाई सर्वस्व सहित जन्म कैदको माग गर्दै वीरगन्जमा प्रदर्शन

अनुप तिवारी
वीरगन्ज, १७ चैत । श्रीमतीको हत्या गर्ने डाक्टरलाई सर्वस्व सहितको जन्म कैदको सजाय माग गर्दै वीरगन्जमा प्रदर्शन गरिएको छ । मृतक सुनिता यादवको लागि न्याय माग गर्दै वीरगन्जका अधिकारवादी तथा सचेत नागरिकहरुले श्रीमती हत्या गर्ने चिकित्सक सचितानन्द यादवलाई सजायको माग गर्दै बिरोध प्रदर्शन गरेका हुन् ।

नारायणी अस्पतालमा कार्यरत मधुमेह तथा थाइराइड रोग विशेषज्ञ डाक्टर सचितानन्द यादवले गएको बुधबार होलीको दिन जेठी श्रीमती सुनिता यादवलाई निर्घात कुटपिट गरेका थिए । सख्त घाइते भएकी सुनिताको उपचारको क्रममा शुक्रबार साँझ मृत्यु भएको हो ।

वीरगन्जका अधिकारवादी तथा सचेत नागरिकहरुले श्रीमती मार्ने चिकित्सक श्रीमान डाक्टर सचितानन्द यादवलाई जन्मकैद गर्नु पर्ने माग गर्दै विरोध प्रदर्शन गरिएको हो ।

वीरगञ्ज महानगरपालिका–२० स्थित हरपतगञ्जकी ४५ वर्षीया सुनीता यादवको शिक्षण अस्पतालमा उपचारका क्रममा शुक्रबार निधन भएको थियो । होलीको दिन सुनितालाई अचेत अवस्थामा उद्दार गरेर उपचारका लागि गण्डक अस्पतालमा पु¥याइएको थियो ।

आईसीयुमा राखेर उपचार गर्दा पनि स्वास्थ्य अवस्थामा सुधार नआएपछि चैत १२ गते थप उपचारका लागि काठमाडौं ल्याइएको थियो । मृतक सुनिताका श्रीमान्लाई कारबाहीको माग गर्दै वीरगन्जमा विरोध ¥यालीका साथसाथै विभिन्न विरोध कार्यक्रमहरु गरिएको छ ।

सुनिता मात्र नभई सुनिता जस्तै घरेलु हिंसामा परेका महिलाहरुको न्यायका लागि आवाज उठाउन आफुहरुले विरोध प्रदर्शन गर्नु परेको कार्यक्रमका सहभागिको भनाई छ ।

श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले यादवलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेको छ । यादवले बिद्युत आइरन तताएर श्रीमतीको शरिरमा डाम्नुको साथै निर्घात कुटपीट गरेको माइती पक्षले जनाएको छ ।

डा. यादवले २६ वर्ष अघि सुनितासँग विवाह गरेका थिए । विवाह भएदेखि नै दाइजोको माग गर्दै कुटपीटका साथ यातना दिने गरिएको स्थानीयहरु बताउँछन् । माइती पक्षले डाक्टर सचितानन्द यादव तथा उनका परिवारका चार जना सदस्यको नाममा ज्यानमार्ने उद्योगमा किटानी जोहेरी प्रहरीलाई दिएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);