काठमाडौं, १७ चैत । नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले युवा शक्तिलाई स्वदेशमै तालिम दिएर आत्मनिर्भर बनाउनु सरकारको दायित्व भएको बताएका छन् । उनले संविधानले सुरक्षित गरेका अधिकारहरुलाई व्यवहारमा उतार्न पनि सरकारको ध्यानाकर्षण गराएका छन् ।
आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै नेता नेपालले युवा शक्ति विदेश पलायन हुँदा स्वदेशमा श्रमशक्तिको अभाव हुने भएकाले स्वदेशमै रोजगारीको अबसर सिर्जना गर्नु पर्ने बताए । उनले समृद्ध नेपालको परिकल्पनाको संभावनाहरुको खोजी गर्न अव ढिला भइसकेको टिप्पणी समेत गरेका छन् ।




