एजेन्सी, १७ चैत । अफगानिस्तानका उपराष्ट्रपति अब्दुल राशिद दोस्तममाथि बल्ख प्रान्तमा तालिवानद्वारा सांघातिक आक्रमण भएको छ । उपराष्ट्रपतिमाथी भएको आक्रमणमा परी उनका एकजना अंगरक्षकको मृत्यु भएको छ ।
उपराष्ट्रपति दोस्तम भने सुरक्षित रहेको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन । घटनामा अन्य दुईजना अंगरक्षक घाइते भएका छन् । उपराष्ट्रपति दोस्तममाथि यो दोश्रो आक्रमण हो । यसअघि गत जुलाईमा काबुल विमानस्थलमा उनिमाथी आत्मघाती आक्रमण भएको थियो ।
सन् २०१४ देखि राजनीतिमा प्रवेश गरेका दोस्तम विवादास्पद छवी भएका नेताका रुपमा चिनिन्छन् । उनीमाथि आफना प्रतिस्पर्धी नेताहरुको अपहरण, बलात्कार जस्ता अपराधमा संलग्न रहने गरेको आरोप लाग्ने गरेको छ ।




