लगानी सम्मेलनमा उद्योगमन्त्री असन्तुष्ट | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

लगानी सम्मेलनमा उद्योगमन्त्री असन्तुष्ट

matrika yadav

काठमाडौं, १६ चैत । विदेशी लगानी जुटाउन भएको लगानी सम्मेलनमा उद्योगमन्त्री मातृका यादव असन्तुष्ट बनेका छन् । शुत्रबार उद्घाटन सत्रमा उनी मन्त्री बस्ने लहरमा थिएनन् । आफ्ना लागि सिट नराखिएको भन्दै फछिल्लो लहरमा बसे । कार्यक्रम स्क्रिनमा हेरे । उनको असन्तुष्टि आफैंले अध्यक्षता गरेको सत्रमा पनि देखियो ।

औद्योगिक आधार र रोजगारसम्बन्धी एउटा सक्रको अध्यक्षता मन्त्री यादवले नै गरे । त्यसको वत्ता उद्योग मन्त्रालयकी सचिव यामकुमारी खतिवडा पनि थिइन् । सत्र सकिएपछि आयोजकहरूले सबै वक्ताहरूलाई ‘मायाको चिनो’ प्रदान गर्ने तालिका थियो ।

यादवले अध्यक्षता गरेको सत्रमा पनि आयोजकतर्फबाट गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्टले मायाको चिनो प्रदान गर्न खोजे । यादवले भने लिन मानेन् । उनले आफूले कुनै उपहार नलिने भन्दै आयोजकका तर्फबाट आउने अधिकारीलाई जवाफ फर्काए । सचिव खतिवडाले भने लिइन् । सम्मेलनमा धेरै विषय उद्योगसँग नै जोडिन्छन् ।

तिनमा आफूसँग पर्याप्त छलफल नभएको भन्दै यादव पहिलेदेखि नै असन्तुष्ट थिए । सम्मेलनको तयारीमा अर्थमन्त्री युवराज खतिवडा र लगानी बोर्डको बढदो भूमिका रहेको भन्दै उनको असन्तुष्टि चुलिएको सरकारी अधिकारी बताउँछन् । ‘केही दिन यी नकारात्मक कुरा नगरौं,’ उद्योग मन्त्रालयकै एक अधिकारीले भने, ‘यसबारे सम्मेलन सकिएपछि उद्योगमन्त्रीले नै केही भन्नुहोला ।’

एक मन्त्रीका अनुसार मन्त्रिपरिषद्मा पनि यादवको कामप्रति प्रधानमन्त्री केपी शर्मा ओली त्यति सन्तुष्ट छैनन् । यादवको असन्तुष्टिको शृंखला ‘औद्योगिक व्यवसायसम्बन्धी प्रचलित कानुनलाई संशोधन एकीकरण गर्न बनेको विधेयक २०७५’ सँग पनि जोडिएको छ । यो विधेयक मन्त्रालयले भनेअनुसार अघि बढाउन मन्त्रिपरिषद् तयार नभएपछि यादव असन्तुष्ट थिए । मन्त्रिपरिषद्ले उक्त विधेयक हरेफेर गरी संसद् सचिवालयमा दर्ता गरेको थियो ।

यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);