वीरगन्जमा माओवादी केन्द्रको सचिवालय बैठक, केन्द्रीय नेता मधेसमै | ईमाउण्टेन समाचार

Our Network

चैत २२ २०८२, सोमबार

वीरगन्ज, १७ भदौ । माओवादी केन्द्रले तेस्रो चरणमा हुन लागेको दुई नम्बर प्रदेशको स्थानीय तह निर्वाचनलाई प्रतिस्ठाको विषय बनाएलाई तिब्र तयारीमा लागेको छ।

 

यस अगाडि सम्पन्न दुई तहको निर्वाचनमा अप्रत्यासित परिणाम आएसँगै दुई नम्बर प्रदेशमा सकेसम्म बढी स्थानीय तहमा जीत हासिल गर्ने उद्देश्यसहित चुनावको प्रचारका लागि माओवादीका प्राय सबै केन्द्रीय नेता मधेस झरेका छन् ।

 

अहिले वीरगंजमा पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’, रामबहादुर थापा ‘वादल’लगायत सबै केन्द्रीय नेताहरु २ नम्बर प्रदेशमा केन्द्रित भइरहेका छन् ।

 

आज (शनिबार) दिउसो वीरगंजमा चुनावको विषयवस्तुलाई लिएर पार्टीको सचिवालय बैठक सुरु भएको छ। बैठकले २ नम्बर प्रदेशमा हुन गइरहेको स्थानीय तह निर्वाचनका लागि जिल्ला कमिटीले पठाएका सम्भावित नामावलीबाट उम्मेदवारको टंगो लगाइने माओवादी केन्द्रका एक नेताले बताएका छन्।