काठमाडाैं, १५ चैत । नेपालस्थित अमेरिकी दूताबासले आफ्नो फेसबुक पेजमा हेर्नुस् त, कक्षामा को छ ? भन्दै सांसद गगन थापाले हावर्ड युनिभर्सिटीको केनेडी स्कुलमा अध्ययन गरिरहेको तस्बिर सार्वजनिक गरेको छ । नेपाली सांसद गगन थापा अमेरिकाको हावर्ड विश्वबिद्यालयस्थित हार्वर्ड केनेडी स्कूलमा छोटो अवधिको ‘एक्काइसौं शताब्दीको लागि विश्वव्यापी नेतृत्व र सार्वजनिक प्रशासन’ शीर्षकको कोर्स गर्न यतिबेला अमेरिकामा छन् ।
‘मलाई युवा रहिरहनु छ र सिकाइ एक यस्तो विषय हो जस्ले युवा रहन सहयोग गर्छ। सिकाइ तथा कक्षामा फर्कन पाउँदा मैले आफूलाई अत्यन्तै युवा महशुस गरीरहेको छु। एकदमै रमाइलो लागेको छ’ गगन थापाको भनाई उद्धृत गर्दै दुताबासले फेसबुक पेजमा उनको भनाइ समेटेको छ । दुताबासको फेसबुकपेजमा भनिएको छ ‘हामी वहाँलाई रमाइलो सिकाइको कामना गर्दछौं।’
दुईहप्ताको छोटो कोर्सको अध्ययन गर्न उनी अमेरिका पुगेका हुन् । उनी गतवर्ष नै छनोट भएको भए पनि कार्यव्यस्तताका कारण अहिले अमेरिका पुगेको उनको सचिवालयले जनाएको छ । थापाले अमेरिका पुगेर पहिलो दिनको अध्ययन शुरु गरेको जानकारी तस्बिर सहित सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।