ट्रम्पको भन्सार नीतिले अमेरिकीलाई मासिक १.४ अर्ब डलरको मार | ईमाउण्टेन समाचार

Our Network

फागुन १३ २०८१, मंगलबार

ट्रम्पको भन्सार नीतिले अमेरिकीलाई मासिक १.४ अर्ब डलरको मार

trump

काठमाडौं, १५ चैत । ट्रम्प प्रशासनको व्यापार नीतिहरु र भन्सारले अमेरिकीको आम्दानीको दरमा नोभेम्बरको अन्त्यसम्ममा मासिक १.४ अर्ब डलरले गिरावट आएको न्यूयोर्कको फेडरल रिजर्भको नयाँ अनुसन्धानले देखाएको छ ।

अध्ययनले अमेरिकी व्यवसाय र उपभोक्ताले गत वर्षको पुरै अवधिमा सामानको मूल्यमा ठूलो वृद्धि भएको पाएको उल्लेख गरेको छ । यसमा आयातीत सामग्रीमा अमेरिकाले लगाएको भन्सारको ठूलो भूमिका रहेको छ । न्यूयोर्क फेडका अर्थशास्त्रीहरु म्यारी अमिटी, प्राध्यापक स्टेफेन रोडिङ र कोलम्बियाका प्राध्यापक डेभिड विन्सटाइनले पनि अमेरिकीले आयातको विविधतामा अवरोध आएकाले सप्लाइ चेनको समस्या भोगेको बताएका छन् ।

यसको प्रारम्भिक नतिजा यसै वर्षको सुरुमा सार्वजनिक गरिएको थियो । “आयात संरक्षणका कारण वास्तविक आम्दानीमा गिरावट आएको तर्क अर्थशास्त्रीहरुले राखेका छन् । २०१८ को व्यापार युद्धदेखिको प्रमाणका आधारमा हामीले यो तर्कमा प्रयोगसिद्ध समर्थन मिलेको पाएका छौ,” अनुसन्धानकर्ताहरुले लेखेका छन् । “वर्षभरीमा लगातार घाटा चुलिएको छ । भन्सारले अतिरिक्त मुलुक र उत्पादनलाई प्रभावित गराएसँगै यस्तो अवस्थाको सिर्जना भएको हो । २०० अर्ब डलरका चिनियाँ सामग्रीमा लगाइएको ६ चरणको भन्सारले यसमा ठूलो भूमिका खेलेको छ ।”

नोभेम्बरदेखि प्रति महिना १.४ अर्ब डलरका घाटा भएको लेखकहरुले पाएका छन् । जनवरीदेखि नोभेम्बरसम्मको कुल घाटा ६.९ अर्ब डलर पुगेको छ । ह्वाइट हाउसले आर्थिक साझेदार मुलुकहरुबाट आउने सामग्रीमा विविध किसिमको भन्सार लगाएको छ । ह्वाइट हाउसले अमेरिकी बौद्धिक सम्पत्तिको रक्षार्थ र विशाल आकारको व्यापार घाटा कर्म गर्नका लागि अमेरिका व्यापार युद्ध सुरु गरेपछि अमेरिका र चीन बिच टिट–फर–ट्याटको भन्सार युद्ध सुरु भएको थियो ।

भन्सार युद्धबाट ट्रम्पले ट्याक्टिकल सफलता पाएको देखिन्छ । उनी नाफ्टाका साथै क्यानडा र युरोपेली संघलाई समेत अलग गर्न सफल भएका छन् । ह्वाइट हाउसले गत वर्ष चीनबाट आयात हुने २०० अर्ब डलरका सामग्रीमा १० प्रतिशतको भन्सार लगाउने घोषणा गरेका थिए । यो समाचार आजको कारोबार दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);