ओली पश्चिमाको पछि लाग्दा चीनसंगको सम्वन्ध टुट्यो, सरकार संकटमा : डा. विपीन अधिकारी (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

पुष १० २०८१, बुधवार

ओली पश्चिमाको पछि लाग्दा चीनसंगको सम्वन्ध टुट्यो, सरकार संकटमा : डा. विपीन अधिकारी (भिडियोसहित)

kharo prashna with bipin adhikari

काठमाडौं, १४ चैत । सरकार चलिरहेको छ तर सरकार चलेको गतिलाई सत्तारुण दलकै नेताहरुले असन्तुष्टि व्यक्त गरेका छन् । संगै सरकारले गरेको कतिपय कामहरुको बारेमा प्रश्न पनि उठाएका छन् । सरकारले सीके राउतसंग गरेको ११ बुँदे सम्झौता र नेत्र बिक्रम चन्द नेतृत्वको नेकपालाई लगाएको प्रतिबन्धको विषयलाई लिएर सत्तारुण दलमै फरक मत देखिएको छ । सरकारले दुरगामी असर गर्ने खालका निर्णयहरुमा राष्ट्रिय सहमति कायम गर्नुपर्ने परम्परा पहिले देखिनै छ । राष्ट्रिय सहमति कायम गर्नको लागि सरकारले विपक्षी दल, पार्टीभित्रकै सदस्यहरुको मत जित्ने काम किन गरिरहेको छैन ? संविधान जारी भईसकेपछि कार्यान्वयन गर्ने मूल दायित्व बोकेको सरकारले संविधान कार्यान्वयनको दिशामा आफुलाई कति अग्रसर देखाएको छ ? यी र यस्तै विषयमा केन्द्रित कार्यक्रम ‘खरो प्रश्न’ मा प्रस्तोता प्रकाश गिरीले संविधानविद डा. विपीन अधिकारीसंग गरेको कुराकानी हेर्नुहोस् :

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);