राष्ट्र बैंकको ढुकुटीमा १० खर्ब ७८ अर्ब सञ्चिति | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

राष्ट्र बैंकको ढुकुटीमा १० खर्ब ७८ अर्ब सञ्चिति

nepal rastra bank

काठमाडौं, १४ चैत । मुलुकको ढुकुटीमा जम्मा नौ महिनालाई वस्तु आयात गर्न पुग्ने सञ्चिति रहेको छ । त्यस्तै, मुलुकको ढुकुटीमा भएको सञ्चितिलेआठ महिनाको वस्तु तथा सेवा खरिद गर्न पुग्ने नेपाल राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले बताए । राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार कुल विदेशी विनिमय सञ्चिति माघ मसान्तमा १० खर्ब ७८ अर्ब ३६ करोड रहेको छ । गत असार मसान्तमा मौज्दात ११ खर्ब २ अर्ब ५९ करोड रुपैयाँ थियो ।

अमेरिकी डलरमा यस्तो सञ्चिति माघ मसान्तमा ९ अर्ब ४९ करोड रहेको छ । गत असार मसान्तमा १० अर्ब ८ करोड रहेको थियो । मुलुकसँग जति धेरै सञ्चिति भयो त्यति नै फाइदा हुन्छ । डलरमा भएको मौज्दातले विदेशी वस्तु खरिद गर्दा डलर बढ्ने र घट्ने दुवै बेला प्रत्यक्ष असर पर्छ । यस्तो अवस्थामा नेपाललाई सबैभन्दा ठूलो घाटा रेमिट्यान्समा पर्छ । राष्ट्र बैंकका अनुसार मुलुकको अर्थतन्त्र रेमिट्यान्सले धानेको छ डलरको भाउमा गिरावट आएपछि विदेशमा काम गर्न जाने नेपालीले पठाउने रेमिट्यान्स घट्छ भने निर्यात गर्ने व्यापारीको आम्दानीसमेत घट्छ ।

वस्तु तथा सेवा बिक्रीबाट हुने आम्दानीका साथै पर्यटन क्षेत्रको आय पनि घट्छ । नेपाल आयातमुखी मुलुक भएकाले ठूलो परिणामा वस्तु तथा सेवा आयात हुन्छ । सो आयातको डलरमा भुक्तानी गर्नुपर्छ । त्यसैले भुक्तानी गर्दा सस्तो पर्ने भएकाले आयातीत सामान तथा सेवा सस्तो पर्छ ।

डलरको भाउ घटेको बेला वैदेशिक ऋण ल्याएर लगानी गर्दा फाइदा हुन्छ । अहिले डलर ओरालो लागेको बेलामा ऋण लिँदा भविश्यमा तिर्नुपर्ने दायित्व अहिलेकै मूल्यबराबरमा तिर्नुपर्ने हुन्छ । उनीहरूको लागतमा कमी हुनेछ ।  यो समाचार आजको राजधानी दैनिकमा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);