भारतमा अप्रिल ११ तारिखबाट लोकसभा निर्वाचन हुँदै, चुनावी सरगर्मी बढ्दै | ईमाउण्टेन समाचार

Our Network

असार १८ २०८१, सोमबार

भारतमा अप्रिल ११ तारिखबाट लोकसभा निर्वाचन हुँदै, चुनावी सरगर्मी बढ्दै

india chunab prachar

काठमाडौं, १३ चैत । भारतमा अप्रिल ११ तारिखबाट सुरु हुने लोकसभा निर्वाचनको मिति नजिकिदै जादा चुनावी सरगर्मी समेत बढ्दै गएको छ ।

लोकसभा चुनाव सुरुहुन दुइ सातामात्र बाँकी रहँदा विभिन्न पार्टीहरुद्वारा चुनावी घोषणापत्र सार्वजनिक गर्नेदेखि कलाक्षेत्रमा प्रभावशाली मानिएकाहरुलाई आफ्नो दलमा आवद्ध गर्ने लगाएतका कार्यहरु हुदै आएका छन भने विभिन्न चुनावी अभियानहरु समेत जारी रहेका छन् । चुनावको तयारीसँगै राजनीतिक दलको प्रचारप्रसार र राजनीतिक प्रोपागाण्डाहरुलाई समेत दलहरुले जोडतोडका साथ उठाउदै आएका छन् ।

भारतमा आगामी अप्रिल ११ तारिखवाट सुरु हुने लोकसभा निर्वाचन सुरुहुन दुइ सातामात्र वाँकी रहदा राजनीतिक दलहरु चुनावी अभियानमा जोडतोडका साथ लागेका छन । भारतमा प्रभावशाली मानिएका भारतीय जनता पार्टी, भारतीय राष्ट्रिय कांग्रेस लगाएतका अन्य राजनीतिक दलहरुले चुनावी अभियानलाई तिव्रता दिएका छन । निर्वाचनको मिति नजिकिएसंगै विभिन्न दलहरुवीचमा चुनावी गठवन्धन समेत हुने देखिएको छ । भारतीय राष्ट्रिय कांग्रेस तथा भ्रष्ट्राचार विरुद्धको अभियानमा चर्चा कमाएको आम आदमी पार्टी विच चुनावी गठबन्ध हुन सक्ने भारतीय संचारमाध्यमहरुले जनाएका छन । चुनावी अभियानका क्रममा राजस्थानमा रहेका कांग्रेस नेता राहुल गान्दी आम आदमीसंगको गठवन्धनको निर्णय लिनका लागि वुधवार साझसम्म दिल्ली फर्कने बताइएको छ । त्यसैगरी कांग्रेसले वलिउडमा रंगिला गर्लका रुपमा पहिचान बनाएकी उर्मिला मातोडकरलाई समेत टिकट दिने भएको छ । उनलाई उत्तरु मुम्वईवाट टिकट दिन सक्ने वताइएको छ ।

निर्वाचनको मिति जति जति नजिकिदै छ भारतमा दलहरु एकअर्का विरुद्ध वाकयुद्धमा लागेका छन । कांग्रेसले जारी गरेको न्युनतम आम्दानीको दावीलाई भारतीय जनता पार्टीले आलोचना गरेको छ । उता एयर इन्डियाको हवाइ टिकट तथा रेल टिकटमा प्रधानमन्त्री तथा भारतीय जनता पार्टीका नेता नरेन्द्र मोदीको तस्विर छापिएको भन्दै निर्वाचन आयोगले यस्तो कार्यलाई चुनावी आचार संहिताको उल्लघन भएको बताएको छ । भारतीय निर्वाचन आयोगले रेल मन्त्रालय तथा उडडयन मन्त्रालयलाई पत्राचार गरि यस सम्वन्धमा स्पष्टिकरण माग गरेको छ । भारतमा आम निर्वाचनको मिति नजिकिँदै गर्दा राजनीतिक उचारचढाव र घटनाक्रम पनि उत्तिकै तीब्रताका साथ विकसित भइरहेका छन् ।

चुनावमा राजनीतिक पार्टीहरुबीच सबैभन्दा भीषण प्रतिस्पर्धा हुने राज्यमा उत्तर प्रदेशको नाम अगाडि आउँछ । भारतका प्रभावशाली राजनीतिज्ञहरु प्रधानमन्त्री नरेन्द्र मोदी तथा विपक्षी भारतीय राष्ट्रिय काँग्रेस पार्टीका अध्यक्ष राहुल गान्धी पनि उत्तर प्रदेशबाटै चुनाव लड्दैछन् । त्यसकारण पनि उत्तर प्रदेशमा हुने लोकसभाको निर्वाचनले अर्थ राख्छ । यसपटकको चुनावमा राज्यस्तरमा प्रभावशाली रहेको बताइने पार्टीहरुले पनि ‘महागठबन्धन’को नाममा चुनावी गठबन्धन निर्माण गरेका छन् । त्यसले पनि चुनावलाई अझ रोचक बनाउने छ । उता चौकीदार शव्दलाई चुनावी प्रोपोगान्डा वनाएको भारतीय जनता पार्टीको विरोधमा आइपिएल खेल चलिरहदा चौकिदार चोर हुन भन्दै नारा लगाइएको छ ।

जति जति भारतीय लोकसभा निर्वाचनको मिति नजिकिदै छ उति उति विभिन्न प्रोपोगान्डा तथा चुनवी गतिविधि तिव्र हुदै गएको भारतमा कुन दल ठूलो वनेर उदाउला भन्ने हेर्नेका लागि भने चनवी मतपरिणाम कुर्नुपर्ने छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);