काठमाडौं, १२ चैत । युरोकप छनोट अन्तर्गत समुह चरणको खेलमा फ्रान्स र इंग्ल्याण्ड विजयी हुदा पोर्चुगल फेरी बराबरीमा रोकिएको छ ।
आज विहान भएको खेलमा लगातार दोस्रो जित निकाल्ने क्रममा फ्रान्सले आइसल्याण्डलाई चार शुन्यले हरायो । खेलको १२ औं मिनेटमा उम्टीटीले गोल गर्दै टिमलाई अग्रता दिलाए । त्यसपछि ६८ औं मिनेटमा ओलिभर जिरुडले टिमका लागि दोस्रो गोल गरे ।
त्यसपछि खेलको ७८ औं मिनेटमा केलीयन एम्बाप्पेले टिमका लागि तेस्रो गोल गरे भने ८४ औं मिनेटमा एन्टोइन ग्रिजमले चौथो गोल गरे । जितसँगै फ्रान्सले दुई खेलबाट ६ अंक बनाएको छ ।अर्को खेलमा पोर्चुगल भने सर्वियासँग एक एक गोलको बराबरीमा रोकियो । जितसँगै इंग्ल्याण्डले पनि ६ अंक बनाएको छ ।