कञ्चनपुर-कमला सडक निर्माणको काम एडीबीलाई | ईमाउण्टेन समाचार

Our Network

फागुन ४ २०८२, मंगलबार

कञ्चनपुर-कमला सडक निर्माणको काम एडीबीलाई

काठमाडौं, ११ चैत । सरकारले एशीयाली विकास बैंक (एडीबी)को सर्तका कारण कञ्चनपुर–कमला सडक निर्माण परियोजनाको काम नेपालका निर्माण कम्पनीहरुलाई दिन नसकिएको स्पष्ट पारेको छ ।

सोमवार संसदको सार्वजनिक लेखा समितिको बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसुदन अधिकारीले एडीबीको ऋण सहयोगमा निर्माण गर्न लागिएको सो परियोजनाको काम एडीबीकै सर्तका कारण नेपाली निर्माण व्यवसायीहरुलाई दिन नसकिएको स्पष्टिकरण दिएका छन् ।

उनले सरकारले सो परियोजनाको काम नेपाली निर्माण व्यवसायीलाई दिन नचाहेको भन्ने निर्माण व्यवसायीहरुको आरोपको पनि खण्डन गरेका छन् । ८७ किलोमिटरको सो सडक परियोजना नेपाली निर्माण व्यवसायीहरुलाई नदिएको भन्दै समितिका सदस्यहरुले पनि सरकारको आलोचना गरेका थिए ।

समितिका सदस्य राजेन्द्र कुमार केसीले सरकारले नेपाली निर्माण व्यवसायीहरुलाई विकास, निर्माणका काममा प्राथमिकता नदिएको उल्लेख गर्दै आपत्ति जनाए ।

नेपाली निर्माण व्यवसायीहरुले सो सडक खण्डको काम आफूहरुलाई नदिएको गुनासो गरेपछि समितिले सो सम्बन्धमा सम्बन्धित निकायसँग छलफल सुरु गरेको हो ।