पार्टी र देश चलाउन कुशल व्यवस्थापक आवश्यक : देउवा | ईमाउण्टेन समाचार

Our Network

पुष १५ २०८१, सोमबार

पार्टी र देश चलाउन कुशल व्यवस्थापक आवश्यक : देउवा

deuba

काठमाडौं, ९ चैत । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कुशल व्यवस्थापकले मात्र पार्टी र देश चलाउन सक्ने बताएका छन् । शंकरदेव क्याम्पसले शनिबार काठमाडौंमा गरेको कार्यक्रममा बोल्दै सभापति देउवाले राजनीतिक दलदेखि घर र व्यवसाय चलाउन कुशल व्यवस्थापक आवश्यक हुने बताए । उनले नेपालमा धेरै व्यवस्थापकहरु आवश्यक परेको भन्दै व्यवस्थापन संकायका लागि छुट्टै विश्वविद्यालय नै आवश्यक रहेकोमा जोड दिए ।

कुशल व्यवस्थापक नहुँदा पार्टी डुब्ने, व्यवसाय डुब्ने भएकाले उनीहरुको भूमिका हरेक क्षेत्रमा महत्वपूर्ण हुने देउवाको भनाई छ । पछिल्लो समयमा नेपालको शैक्षिक प्रणाली खस्कँदै गएको भन्दै सभापति देउवाले गुणस्तरीय शिक्षा विना केही सम्भव नहुने स्पष्ट पारे ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधिले विश्वविद्यालय खोल्न सरकारले अनुमति दिनुपर्ने बताए । नेपाली विदार्थीलाई बिदेशिन जानबाट रोक्न नेपालमा धेरै विश्वविद्यालय र गुणस्तरीय शिक्षालयको खाँचो रहेको बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);