ओली राजाकै नक्कल गर्दैछन, प्रचण्ड सत्ताकोलागि अमेरिकाको शरणमा पुगे : डा.बाबुराम भट्टराई (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

पुष ५ २०८१, शुक्रबार

ओली राजाकै नक्कल गर्दैछन, प्रचण्ड सत्ताकोलागि अमेरिकाको शरणमा पुगे : डा.बाबुराम भट्टराई (भिडियोसहित)

kharo prashna with baburam bhattarai

काठमाडौं, ८ चैत । मुलुकको साशन सत्ता नेपाल कम्युनिष्ट पार्टीले सम्हालीरहेको छ । नेकपाको दुई अद्क्ष्य मध्ये एक जनाले सरकार संचालन गरिरहेका छन् भने अर्को जनाले पार्टी संचालन गरिरहेका छन् । उनीहरुको बीचमा ५०-५० को सहमति भएको छ भनेर भनिएको छ । तर नेकपाको नेतृत्व सरकारमा जाँदा र सरकारमा पुग्नु भन्दा अगाडी उसले अस्वशन दिएको थियो र सपना देखाएको थियो । त्यो सपना अहिले आम जनतासंग जोडिएर र पार्टीले देखाएको सपना सरकारमा पुग्दा खेरि झोलुङ्गे पुल जस्तो हल्लिन थाल्यो र कहिँ कतै चुडिन थाल्यो भनेर निकै धेरै चर्चा-परिचर्चा, ब्याख्या तथा विस्लेषण हरु भईरहेका छन् । त्यसमा प्रधानमन्त्रीको र मन्त्रीपरिषदमा सामेल मन्त्रीहरुको टिप्पणी र प्रतिटिप्पणी आइरहेको छ जसले गर्दा बुद्धिजिबी वर्ग, सत्तामा नरहेका राजनीतिक पार्टीहरु र सरकारको बीचमा एक किसिमको द्वन्द जस्तो देखिएको छ । सरकारले जनतालाई जुन आशा देखाएको थियो त्यो कति पुरा गर्न सक्यो ? बलियो सरकार यति छिटै किन कमजोर हुन पुग्यो ? यी र यस्तै विषयमा केन्द्रित कार्यक्रम ‘खरो प्रश्न’ मा प्रस्तोता प्रकाश गिरीले पूर्व प्रधानमन्त्रीडा.बाबुराम भट्टराईसंग गरेको कुराकानी हेर्नुहोस् :

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);