सुख्खायामसँगै आगलागीका घटना सुरु हुन थाले | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

सुख्खायामसँगै आगलागीका घटना सुरु हुन थाले

aagolagi

काठमाडौं, ७ चैत । अहिले सुख्खायाम सुरु भएको छ । सुख्खायामसँगै आगलागीका घटनाहरु शुरु हुने गर्छन् । विशेषगरी तराईका बारा, पर्सा, धनुषा, रौतहट लगायतका जिल्लाहरुमा आगलागीका घटना देखिन थालेको छ ।

घटना बढ्न थालेपछि जिल्लामा विपद् व्यवस्थापनका लागि विभिन्न योजनाहरु ल्याइएका छन् । पर्साका प्रमुख जिल्ला अधिकारी नारायण भट्टराईले जिल्लामा आगलागी हुन नदिन जनचेतनाको कार्यक्रमका साथै दमकललाई सुलभ तथा छिटो पठाउने गरी तयारी अवस्थामा राखिएको जानकारी दिए ।

जिल्लाको राष्ट्रिय वन, पर्सा राष्ट्रिय निकुञ्ज, साझेदारी र सामुदायिक वन क्षेत्रमा हुने गरेका डढेलोको प्रकोपलाई मध्य नजर गर्दै डिभिजन वन कार्यालय सिमरा बाराले डढेलो नियन्त्रणका लागि पूर्व तैयारी गरेको छ ।

प्रत्येक वर्ष डढेलोका कारण वन क्षेत्र नष्ट हुने क्रम बढ्दै गएपछि डिभिजन वन कार्यालय सिमराले पाँच हजार लिटर क्षमता भएको तीन वटा पानी ट्यांकी तयार गरी वन क्षेत्रको छुट्टा–छुट्टै स्थानमा व्यस्थापन गरेको छ । सामुदायिक वनहरुमा फायर वाचर अर्थात् डढेलो हेरालुको रुपमा दश जनालाई नियुक्त गरिएका छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);