जसोतसो समय दिँदै थाकेको घण्टाघर | ईमाउण्टेन समाचार

Our Network

चैत १ २०८२, सोमबार

जसोतसो समय दिँदै थाकेको घण्टाघर

ghantaghar

काठमाडौं, ७ चैत । एक सय चौबीस वर्ष पुरानो घण्टाघरको घडीका सुई निकै थाकि सकेका छन् । इन्जिनका पार्टपुर्जा गलिसकेका छन् ।

कर्मचारीको कठोर मिहिनतबाट नियमित दम पाइरहेकाले धन्न घडीले घण्टी हानिरहेकै छ । राणाकालको चिनो जेनतेन चलिरहेकै छ । यो खबर गोरखापत्र दैनिकमा छापिएको छ ।

घण्टाघरका मिस्त्री गणेश सापकोटा भन्छन्, “घडीलाई जबरजस्ती चलाइरहेको छु । अब धेरै चल्नेवाला छैन ।” विसं २०४४ बाट उनले सो घडी मर्मत गर्दै आएका छन् । घडी मर्मत गर्ने उनी एक्लो मिस्त्री हुन् । त्रिचन्द्र क्याम्पसका कर्मचारी सापकोटाको अवकास पछिका लागि अर्को मिस्त्री तयार गरिएको छैन ।