लगानी सम्भाव्यता अध्ययनका लागि विदेशीलाई ६ महिने भिसा | ईमाउण्टेन समाचार

Our Network

माघ १० २०८१, बिहीबार

लगानी सम्भाव्यता अध्ययनका लागि विदेशीलाई ६ महिने भिसा

visa

काठमाडौं, ५ चैत । सरकारले नेपालमा लगानीका लागि सम्भाव्यता अध्ययनका लागि आउने विदेशीलाई ६ महिना अवधिको गैरपर्यटक भिसा दिने तयारी गरेको छ । नेपालमा विदेशी लगानी बढाइ रोजगारी सिर्जना तथा आर्थिक विकासमा टेवा पु-याउने उद्देश्यले अध्ययन अनुसन्धान लागि पर्याप्त समयसहितको भिसा दिन लागिएको हो ।

‘विदेशी लगानी तथा प्रविधि हस्तान्तरणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०७५’ ले लगानीका लागि अध्ययन गर्न आउने लगानीकर्ताको सुविधाका लागि स्पष्ट पारेको छ । प्रतिनिधिसभाको सोमबारको बैठकले यो विधेयक पारित गरेको छ ।
विधेयकमा नेपालमा लगानी गर्न चाहने लगानीकर्तालाई अधिकतम सीमा नतोकिने व्यवस्था छ ।

विदेशी लगानी स्वीकृत गर्न लगानीकर्ताले नेपालमा समयतालिका सहितको विवरण खुलाएर मात्रै स्वीकृतिका लागि पठाउनुपर्नेछ । विदेशी लगानीमा सञ्चालित उद्योगले आर्जित नाफाबाट सोही उद्योगमा लगानी गर्न वा अन्य उद्योगमा लगानी गर्न चाहेमा पुनः लगानी स्वीकृति लिनुनपर्ने उल्लेख छ । नेपालमा लगानी बढाउन पहिलो चरण भनेको अध्ययन अनुसन्धान सर्वेक्षण नै हो । त्यसका लागि सरकारले भिसा अवधि ६ महिना राख्दा नेपालको बारेमा पर्याप्त बुझ्न सक्नेछ ।

‘विदेशी लगानीका लागि अध्ययन, अनुसन्धान वा सर्वेक्षण गर्न आउने विदेशीलाई ६ महिनासम्मको गैरपर्यटक भिसा दिइनेछ,’ विधेयकको दफा ३० मा भनिएको छ । विदेशी लगानीकर्ता वा निजको एकजना प्रतिनिधि अथवा लगानीकर्ताको परिवारका सदस्यलाई विदशी लगानी कायम रहेसम्म नेपालमा बस्न व्यावसायिक भिसा दिइने भएको छ । श्रीमान श्रीमती आमावाबु र नावालक छोराछोरीले मात्रै यस्तो सुविधा पाउनेछन् । यो समाचार आजको कारोबार दैनिकमा छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);