एक महिनामा ७७ अर्ब रेमिट्यान्स भित्रियाे | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

एक महिनामा ७७ अर्ब रेमिट्यान्स भित्रियाे

money

काठमाडौं, ४ चैत । वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या घटेको भए पनि विप्रेषण आप्रवाह एक महिनामै ७७ अर्बभन्दा धेरै बढेको छ । पुनः श्रम स्वीकृति गरेर वैदेशिक रोजगारीमा जानेको संख्या बढेपछि विप्रेषण आप्रवह बढेको हो ।

चालू आर्थिक वर्षको माघसम्ममा विप्रेषण आप्रवह ५१५ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ । यो विप्रषण पुसको तुलनामा ७७ अर्ब १९ करोड रुपैयाँले धेरै हो । चालू्र आर्थिक वर्षको पुससम्ममा ४४३ अर्ब ३६ करोड रुपैयाँ विप्रेषण आएको थियो ।

नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको सात महिनाको विप्रेषण आप्रवाह गत आ.व.को सोही अवधिको तुलनामा १ खर्ब १४ अर्ब २० करोड रुपैयाँ अर्थात २८. ५ प्रतिशतले बढेको हो । यो समाचार कारोबार दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);