काठमाडौं, १ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो अधिकार सुरक्षित गर्न उपभोक्ताहरु जागरुप हुनुपर्ने बताउनुभएको छ ।
विश्व उपभोक्ता अधिकार दिवशको अवसरमा आज एक सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । प्रधानमन्त्री ओलीले सन्देशमा सेवा दिने निकाय, उद्यमी,व्यावसायी लगायत सबै सरोकारवालाहरुले उपभोक्ताको अधिकारको संरक्षण र सम्मान हुनेगरी काम गर्न स्मरण गराएका छन् ।
संयुक्त राष्ट्र संघको महासभाले पारित गरेको उपभोक्ता अधिकार सम्बन्धी मार्ग निर्देशनका आधारमा सरकारले कानुनहरुको निर्माण र संसोधन गरी उपभोक्ताको अधिकारलाई मजवुद गर्न हर तरहले प्रयास गरिरहेको प्रधानमन्त्री ओलीको सन्देशमा उल्लेख छ ।