‘मृत्युदर तालिका’ नयाँ बनाइँदै | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

‘मृत्युदर तालिका’ नयाँ बनाइँदै

mritu

काठमाडौं, १ चैत्र । बीमा समितिले नेपाली बीमित मृत्युदरको नयाँ तालिका बनाउने भएको छ । यसका लागि आवश्यक सर्वे तथा तथ्यांक संकलन भइरहेको समितिका निमित्त कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए । समितिले २०६६ सालमा पहिलोपटक यस्तो तालिका तयार पारेको थियो । अहिले त्यसलाई अद्यावधिक गर्दै नयाँ संरचनामा बीमित मृत्युदर तालिका बनाइने समितिको भनाइ छ । २०६६ सालअघिसम्म नेपालका जीवन बीमा कम्पनीहरूले भारतको बीमित मृत्युदर तालिका प्रयोग गर्दै आएका थिए ।

समितिले २०६६ सालमा बीमितको मृत्युदरलाई उमेरका आधारमा मात्र छुट्याएको थियो । अब उमेर र लैंगिक आधारमा छुट्याउने समितिको भनाइ छ । उक्त तालिकामा जन्मदेखि ९९ वर्षसम्मका बीमितको छुट्टाछुट्टै मृत्युदर हुनेछ ।

समितिले केन्द्रीय तथ्यांक विभागबाट आवश्यक तथ्यांक लिइसकेको छ । साथै, पुराना नौओटा जीवन बीमा कम्पनीलाई पछिल्लो १० वर्षको तथ्यांक उपलब्ध गराउन पत्राचार गरेको छ । कम्पनीहरूसँग २०६६ सालयता बीमा गर्ने व्यक्तिको संख्या, मृत्यु हुने बीमितको संख्या, मृत्यु हुनुका कारण लगायत तथ्यांक माग गरिएको छ । आवश्यक तथ्यांक संकलन भइसकेपछि बीमांकी विश्लेषण गरेर नयाँ बीमित मृत्युदर तालिका निर्माण गरिनेछ । यो समाचार अभियान दैनिकमा लेखको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);