अवैध शुल्कको विरोध गर्ने किस्ट मेडिकल कलेजमा ५० विद्यार्थी फेल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

अवैध शुल्कको विरोध गर्ने किस्ट मेडिकल कलेजमा ५० विद्यार्थी फेल

medical collage

काठमाडौं, १ चैत्र । सरकारले तोकेको भन्दा बढी शुल्क तिर्न नमान्ने करिब ५० विद्यार्थीलाई ललितपुरस्थित किस्ट मेडिकल कलेजले आन्तरिक परीक्षामा फेल गराएको छ ।

आन्तरिक परीक्षामा फेल भएका विद्यार्थी बोर्डको परीक्षाबाट बञ्चित हुन्छन् । यसबारे उजुरी परेपछि नेपाल मेडिकल काउन्सिलले अनुसन्धान गरिरहेको छ ।

पटक पटक अतिरिक्त शुल्क लिँदै आएको कलेजले १० औँ ब्याचका विद्यार्थीलाई थप ९० हजार ९७ रुपैयाँ बुझाउन गत २७ असोजसम्मको अल्टिमेटम दिएको थियो ।

त्यसका विरुद्ध विद्यार्थीले २४ असोजमा जिल्ला प्रशासन कार्यालय ललितपुर, नेपाल मेडिकल काउन्सिल र चिकित्साशास्त्र अध्ययन संस्थान आइओएममा हस्ताक्षर सहित न्याय माग्दै उजुरी दिएका थिए । यो समाचार नयाँ पत्रिकामा लेखेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);