पोखरा, १६ भदौ । एमाले अध्यक्ष केपी शर्मा ओलीले मंसिर १० र २१ गते हुने प्रदेशसभा र प्रतिनिधि सभाको निर्वाचनमा एमालेले बहुमत ल्याउने बताएका छन् ।
एमाले प्रदेश संगठन कमिटी प्रदेश नं– ४ ले आज पोखरामा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।
अबको निर्वाचनमा एमालेको विजयलाई कसैले रोक्न नसक्ने ओलीले दाबी गरे । उनले भने, ‘एमालेले राष्ट्रियताको पक्षमा लिएको अडानका कारणा जनताले हाम्रो पार्टीलाई मत दिन्छन् र पहिलो पार्टी बनाउँछन् ।’
सरकारले प्रदेशसभा र प्रतिनिधि सभाको निर्वाचन दुई चरणमा गर्ने घोषणा गर्नुलाई ओलीले धाँधलीको संकेत भएको टिप्पणी गरेका छन् ।
एमालेलाई घेराबन्दी
असोज २ गते हुन लागेको स्थानीय तहको निर्वाचनमा एमालेलाई चारैतिरबाट घेराबन्दी गर्न खोजिएको उनले बताए । उनले ‘जसले घेराबन्दी गरेपनि एमाले पहिलो पार्टी बनेरै छाड्ने जिकिर गरे ‘