निजी क्षेत्रका विद्यालयलाई तत्काल नियन्त्रण गर्न असम्भव : सभामुख महरा | ईमाउण्टेन समाचार

Our Network

पुष ४ २०८१, बिहीबार

निजी क्षेत्रका विद्यालयलाई तत्काल नियन्त्रण गर्न असम्भव : सभामुख महरा

sabhamukh mahara

काठमाडौं, २८ फागुन । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले निजी क्षेत्रका विद्यालयलाई तत्काल नियन्त्रण गर्न सम्भव नभएको बताएका छन् । सभामुख महराले निजी क्षेत्रका विद्यालयलाई अकुंश लगाउने काम नगर्न सरकारलाई पनि आग्रह गरे ।

उनले निजी विद्यालयहरुलाई प्रोत्साहन गरेर मात्रै सरकारी विद्यालयहरुको गुणस्तर वृद्धि गर्न उपयुक्त हुने सुझाव पनि सरकारलाई दिए । मंगलबार काठमाडौंमा आयोजित निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन, नेपाल (प्याब्सन)को १४ औं राष्ट्रिय महाधिवेशनको उद्घाटन समाराेहमा बाेल्दै सभामुख महराले यस्ताे बताएका हुन् ।

संघीय शिक्षा ऐन बनाउन पनि सरोकारवाला निकायसँग पर्याप्त छलफल गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए । सभामुख महराले निजी क्षेत्रको प्रोत्साहन नगरी मुलुकको समृद्धि सम्भव नरहेको पनि स्पष्ट पारेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);