पर्यटन क्षेत्रको विकासका लागि आवश्यक नीतिगत र कानुनी सुधार गर्न महराको आग्रह | ईमाउण्टेन समाचार

Our Network

साउन १७ २०८३, सोमबार

पर्यटन क्षेत्रको विकासका लागि आवश्यक नीतिगत र कानुनी सुधार गर्न महराको आग्रह

sabhamukh mahara

काठमाडौं, १ माघ । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले पर्यटन क्षेत्रको विकासका लागि आवश्यक नीतिगत र कानुनी सुधार गर्न सरकारलाई आग्रह गरेका छन् ।

सभामुख महराले पर्यटन व्यवसायीहरुलाई उत्साहित बनाएर मात्रै पर्यटन क्षेत्रको विकास गर्न सकिनेतर्फ पनि सरकारको गम्भिर ध्यानाकर्षण गराएका छन् ।

मंगलबार नेपाल टूर एण्ड ट्राभल एशोसिएशन, नेपाल (नाटा)को ५२ औं वार्षिक साधारण सभालाई काठमाडौंमा उद्घाटन गर्दै उनले सबैभन्दा बढि सम्भावना बोकेको नेपालको पर्यटन क्षेत्रको विकासका लागि पर्यटन व्यवसायीहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए ।

सभामुख महराले पर्यटन क्षेत्रको विकासबाट मात्रै पनि मुलुकलाई धान्न सकिने उल्लेख गर्दै त्यसका लागि सरकारले निजी क्षेत्रको सक्रियतामा जोड दिनुपर्ने आवश्यक्ता औल्याए ।