मुलुक छिट्टै समृद्ध हुन्छ : अर्थमन्त्री | ईमाउण्टेन समाचार

Our Network

पुष ८ २०८१, सोमबार

मुलुक छिट्टै समृद्ध हुन्छ : अर्थमन्त्री

काठमाडौं, १६ भदौ । अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अब मुलुक छिट्टै समृद्ध हुने बताएका छन् । अर्थमन्त्री कार्कीले अपार सम्भावना बोकेको जलस्रोत, पर्यटन र कृषि क्षेत्रको विकास गरी मुलुकलाई समृद्ध बनाउने योजना अघि सारेका छन् ।

 

उनले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएपछि मुलुक राजनीतिक स्थिरतामा अग्रसर हुने विश्वास व्यक्त गरे । नेपाल आर्थिक पत्रकार समाजको १८ औं वार्षिक साधारण सभालाई शुक्रबार काठमाडौंमा उदघाटन गर्दै अर्थमन्त्री कार्कीलेराजनीतिक स्थिरता कायम गरी मुलुकलाई समृद्ध बनाउन आफूले इमान्दार प्रयास गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले मुलुकको समृद्धिको अभियानमा संचारकर्मीहरुले महत्वपूर्ण योगदान दिन सक्ने धारणा राखे ।

 

अर्थमन्त्री कार्कीले मुलुकको अर्थतन्त्रलाई सवल बनाउन सरकार लागि परेको बताए । उनले लगानी विस्तार गरेर मुलुकको विकास गर्ने काममा सरकार अहोरात्र खटिरहेको उल्लेख गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);