काठमाडौं, २८ फागुन । नेपाली काग्रेसको भातृ संगठन नेपाल बिद्यार्थी संघले पृथकतावादी आन्दोलन गरी रहेका सिके राउत संग सरकारले गरेको सम्झौता धोका भएको भन्दै खारेज गर्न माग गर्दै मंगलबार काठमाडौ विरोध प्रदर्शन गरेका छन् ।
उनीहरुले सरकार र सीके राउतसंगको सम्झौता षडयन्त्रपुर्ण रहेको बताएका छन् । नेपाली कांग्रेसको भ्रातृसंगठन नेपाल विधार्थी संघले सरकार र डा.सीके राउतसंग भएको सम्झौता धोका र छलपुर्ण रहेको जनाउँदै यसको विरुद्ध आन्दोलन सुरु गरेको छ । मंगलवार उनीहरुले सरकार र सीके विच भएको ११ बुँद्दे सम्झौता राष्ट्रघाती भएको भन्दै यसलाई खारेज नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
विधार्थी संघले मंगलवार राजधानीको त्रिचन्द्र, शंकरदेव, पशुपति, रत्न राज्यलगायत क्याम्पस अगाडिबाट बिरोध प्रदर्शन गरेका हो । विधार्थीहरुले विरोध जुलुस निकाल्दै ११ बुँद्दे सम्झौता खारेजीको माग गरेका छन् ।
मंगलवार विहान विधार्थी संघले एक घण्टासम्म विरोध जुलुस निकाले थिए । उनीहरुले जुलुस निकाल्दै देश टुक्र्याउन पाईदैन, देश सबैको साझा हो, सिके राउतसंगको सम्झौता खारेज गर, सिके राउतलाई कारवाहि गर लगायतका नारा र प्ले कार्डसहितको बिरोध ¥याली निकालिएको थियो । यसपछि विधार्थीहरुको जुलुस त्रिचन्द्र क्याम्पस अगाडि आएर कोण सभामा परिणत भएको थियो ।
सरकार र सीके राउतविच गत शुक्रवार ११ बुँद्दे सम्झौता भएको थियो । विसं २०६९ साल देखि अलग मधेशको माग गर्दै आन्दोलन गर्दै आइरहेका सीके राउतसंग सरकारले सहमति गरेको थियो । यहि सहमति पछि पृथकतवादको आन्दोलन सकिएको भन्दै सरकारले यसलाइ ठुलो सफलता भनेको छ भने अन्य राजनीतिक दलले भने सम्झौताको स्वागत गरेपनि सम्झौतापत्रमा उल्लेख भएका कतिपय बुदा सही नभएको, दोहोरो अर्थ दिने खालको भएको भन्दै यसको विरोध गरेका छन् ।