सीके राउतसंगको सम्झौताबाट केही तत्वहरु बिचलित : प्रधानमन्त्री ओली | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

सीके राउतसंगको सम्झौताबाट केही तत्वहरु बिचलित : प्रधानमन्त्री ओली

pradhanmantri oli

काठमाडौं, २६ फागुन । स्वतन्त्र मधेशको माग गर्दै हिडेका सीके राउतसंग सरकारले सम्झौता गरेपछि यसको वारेमा अनेक खालका टिप्पणी हुन थालेको छ । सडक देखि सदनसम्म सम्झौताको वुदा नम्वर २ देखि दससम्म फरक अर्थ लाग्ने भाषा प्रयोग भएको भन्दै राजनीतिकर्मी देखि वुद्धिजीविसम्मले यसमा प्रश्न उठाएका छन । र, प्रधानमन्त्रीले भने सम्झौताबाट विचलित भएर यस्तो प्रश्न खडा गरिएको टिप्पणी गरेका छन् ।

स्वतन्त्र मधेशको माग राखेर अभियान चलाइरहेका डा.सिके राउतसंग सम्झौता भएपछि फरक फरक खालका प्रतिक्रिया आउन थालेको छ । कतिपयले सरकारले गरेको सम्झौतालाइ शंकाको नजरले हेरेका छन भने सरकारी पक्षले भने यसको बचाउ गर्दै हिंडेका छन । अलग मधेशको माग गर्ने समुह मुलधारको राजनीतिमा आउनु स्वागतयोग्य कदम हो । तर हतारमा अदालतबाट रिहा हुनु र यसको भोलिपल्ट नै सरकारसंग सम्झौता गर्नुले आशंका पैदा भएको भन्दै विभिन्न राजनीतिक दलका नेताहरुले प्रश्न खडा गरेका छन् ।

सरकार र सीके राउतसंग भएको सम्झौता पछि नेपाली कांग्रेस,नया शक्ति लगायतका राजनीतिक दलका नेता देखि स्वयम नेकपा नेता भीम रावलले समेत सम्झौताका वुदामाथि प्रश्न उठाएका छन । उनीहरुले सम्झौताको स्वागत गरेका छन तर सम्झौतापत्रमा उल्लेख भएको भाषामा भने असहमति जनाएका छन ।

कतिसम्म भने प्रतिनिधिसभाको आइतवार बसेको वैठकमा नेपाली कांग्रेसका युवा नेता गगन थापाले सरकार र सीके राउतविच भएको सम्झौतावारेमा संसदलाइ पुर्ण जानकारी गराउन माग गरेका छन् ।

सांसद गगन थापा मात्र होइन,अन्य सांसदले पनि यसैगरि प्रश्न खडा गरेका छन् । संसदको शुन्य समयमा वोल्ने सांसदहरुले सम्झौताको पछाडिको कारण माग गरेका छन । यस्तो माग नेताहरुले मात्र होइन,कतिपय वुद्धिजीविले समेत गरेका छन् । अरु त अरु नेकपा स्थायी समिति सदस्य भीम रावलले समेत सम्झौताको मर्म र भाषाको विषयमा प्रशस्त प्रश्न खडा गरिदिएका छन् । तर स्वयम प्रधानमन्त्रीले आईतवार राष्ट्रिय किसान आयोगको खाद्य सम्प्रभुता र किसान अधिकार सम्बन्धी प्रथम अन्तराष्ट्रिय सम्मेलन समुदघाटन गर्दै सीके राउतसंगको सम्झौताबाट केही तत्वहरु बिचलित भएको अभिब्यक्ति दिएका छन् ।

प्रधानमन्त्री ओली यतिमा मात्र रोकिएका छैनन । उनले पृथकताको माग राखेर हिडेको एउटा समुहलाई मुलधारको राजनीतिमा आएको प्रति शंका व्यक्त नगर्न आग्रह गरेका छन । उनले बिरालो रिसायो भने मान्छेलाई पिटन नसक्ने र खावोमा गएर चिर्थोने प्रबृत्ति रहेको भन्दै व्यग्य समेत गरे ।

प्रधानमन्त्री ओलीले आफुले कहिले पनि शंका, षडयन्त्र र धोखा माथि बिश्वास नगर्ने पनि बताएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);