दाङ, २७ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टिका अध्यक्ष कमल थापाले सिके राउतसँंग भएको सम्झौता कुटिल, भ्रमपुर्ण र रहस्यमय भएकोे बताएका छन् । दाङको तुलसीपुरमा सोमबार आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै राप्रपा अध्यक्ष कमल थापाले विखण्डनवादी नेता सीके राउतले आफ्नो अभिष्ट पुरा गर्न सरकारसँग सम्ंझौता गरेको बताए ।
उनले राउतको सम्झौता राज्यलाई झुकाउने कुटिल, भ्रमपूर्ण र सहस्यमयी भएको आरोप लगाए । अध्यक्ष थापाले बिखण्डनवादी नेतालाई अगाँल्ने तर राजनैतिक परिवर्तनको माग गर्ने विप्लवलाई दमन गर्ने सरकारको नीतिप्रति पनि आपत्ति जनाए । कार्यक्रममा अध्यक्ष थापाले विप्लव समूहलाई बन्दुक र हिँसाको बाटो त्याग्न समेत अनुरोध गरेका थिए।