वैदेशिक ऋण र अनुदान घट्दै | ईमाउण्टेन समाचार

Our Network

मंसिर ८ २०८१, शनिबार

वैदेशिक ऋण र अनुदान घट्दै

arthamantri yubaraj khatiwada

काठमाडौं, २६ फागुन । सरकारले यस आर्थिक वर्षको बजेट मार्फत खर्च गर्ने योजना बनाएको वैदेशिक सहायता ऋण र अनुदान दुवै घट्ने भएको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा लेखेको छ ।

केही दिन अघि बजेटको मध्यावधि समीक्षाका क्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले बजेटमा खर्च व्यहोर्ने स्रोतका रूपमा अनुमान गरिएको वैदेशिक ऋण र अनुदान क्रमशः ३५.६ र ३२ प्रतिशतले घट्ने अनुमान सार्वजनिक गरेका छन् । सरकारले चालु आर्थिक वर्षको बजेटमा दुई खर्ब ५३ अर्ब वैदेशिक ऋण ५८ अर्ब रुपैयाँ वैदेशिक अनुदान परिचालन गर्ने बताएको थियो ।

अर्थमन्त्रीले दातृ निकायका सर्त र देशको आवश्यकताको कहीं कतै मिलनबिन्दु नभएर बजेटमा समावेश गरिसकिएको वैदेशिक सहायतालाई पनि घटाउनु परेको बताउँदै आएका छन् ।

सबैभन्दा ठूलो परिमाणमा वैदेशिक ऋण कटौती गर्नुपर्ने बाध्यताका पछाडि भारतीय एक्जिम बैंकको ऋण सहयोग मुख्य कारण रहेको अर्थ मन्त्रालयले जनाएको छ । भारतले भूकम्पपछिको पुनर्निर्माणका लागि दिएको एक अर्ब अमेरिकी डलरको सहयोगमध्ये २५ करोड डलर अनुदानमा प्राप्त भएको हो भने बाँकी ७५ करोड एक्जिम बैंकबाट प्राप्त हुने ऋण सहयोग हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);