मन्त्री बाँस्कोटा फ्रान्सको औपचारिक भ्रमण गरी शनिवार स्वदेश फिर्ता | ईमाउण्टेन समाचार

Our Network

फागुन २१ २०८२, शुक्रबार

मन्त्री बाँस्कोटा फ्रान्सको औपचारिक भ्रमण गरी शनिवार स्वदेश फिर्ता

काठमाडौं, २५ फागुन । संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटा फ्रान्सको औपचारिक भ्रमण गरी शनिवार स्वदेश फिर्ता भएका छन् । स्वदेश फिर्ता भएसँगै विमानस्थलमा सञ्चारकर्मीसँग कुराकान गर्दै उनले नेपालमा सुरक्षण मुद्रण स्थापना गर्नका लागि फ्रान्स सरकारले सहुलियतपूर्ण आर्थिक सहयोग सहित प्राविधि सहयोग उपलब्ध गराउने बताए ।

मन्त्री बाँस्कोटाले नेपाल सरकारको सुरक्षण मुद्रण केन्द्र र फ्रान्स सरकारको स्वामित्वमा रहेको इनग्रुपबीच सुरक्षण मुद्रण स्थापना गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर समेत भएको छ ।

त्यसैगरी स्याटलाईट सञ्चालनबारे नेपाल दूरसञ्चार प्राधिकरण र फ्रान्स सरकारको थलेस अलेनिया स्पेशबीच पनि समझदारीपत्रमा हस्ताक्षर भएको मन्त्री बाँस्कोटाले जानकारी दिए ।