सुनकोसीका एक्ला विद्यार्थी | ईमाउण्टेन समाचार

Our Network

असार २४ २०८१, आइतबार

सुनकोसीका एक्ला विद्यार्थी

ekla bidhyrthi

सिन्धुली, २५ फागुन ।  फिक्कल गाउँपालिका— ४ खाङसाङस्थित सुनकोसी माविको कक्षा ९ मा अध्ययनरत पासाङ तामाङलाई घरमै बसेर पढेको जस्तो अनुभव हुन्छ । ऐच्छिक विषय गणित रोजेका उनी कक्षाका एक्ला छात्र हुन् ।

 उनलाई अध्यापन गराउन शिक्षक सहेन्द्र यादव पुरापुर खटिन्छन् । छात्रा अञ्जना श्रेष्ठले पनि ऐच्छिक विषय गणित रोजेकी छन् । तामाङ सबै दिन उपस्थित हुन्छन् तर श्रेष्ठको उपस्थिति त्यति बाक्लो हुँदैन ।

विद्यालय प्रांगणमा अध्यापन गराइरहेका शिक्षक यादवले विद्यार्थी संख्या कम भएकाले जति जनाले जुन विषय रोज्यो त्यसमा पूरा समय दिएर पढाउनुपर्ने बताए । ट्युसन पढाउँदा १० जनाभन्दा बढी हुने तर विद्यालयमा एक्ला विद्यार्थीलाई कक्षामा होइन, चौरमा राखेर पढाउँछन् । त्यसो त विद्यार्थी संख्या नै कक्षा ९ मा १८ जना रहेको छ ।

विद्यार्थी कम भएर एक्लो पढ्न पाउँदा तामाङ भने दंग छन् । भन्छन्, ‘एक्लै पढ्दा नजानेको सबै सोध्न पाइन्छ, पूरा समयपढ्दा धेरै सिक्न पाइने रहेछ ।’ यसै शैक्षिक सत्रमा एसईई परीक्षामा सामेल हुने कक्षा १० मा भने उक्त माविमा ८ जना मात्र विद्यार्थी रहेका छन् ।

ती ८ जना विद्यार्थीलाई अध्यापन गराइरहेकी शिक्षिका कुन्ता दाहाल विद्यार्थी संख्या घट्दै गएकोमा चिन्तित छिन् । ‘हामीले पूरा समय पढाउने हो तर विद्यार्थी कम हुँदै जाँदा दिक्क लागेर आउँदो रहेछ,’ उनले भनिन् ।

८ जना विद्यार्थीमा पनि दुई छात्र र ६ जना छात्रा रहेका छन् । उनीहरूलाई समेत विद्यालयको प्रांगणमा नै राखेर अध्यापन गराउने गरेको तिनै शिक्षिका दाहालले सुनाइन् ।
यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);