विपी उद्यानलाई शहिद पार्क बनाउने निर्णय दुरासयपूर्ण : पुष्पा भुसाल | ईमाउण्टेन समाचार

Our Network

भदौ २३ २०८१, आइतबार

विपी उद्यानलाई शहिद पार्क बनाउने निर्णय दुरासयपूर्ण : पुष्पा भुसाल

काठमाडौं, २३ फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले वीरगञ्जस्थित विपी उद्यानलाई शहिद पार्क बनाउने प्रदेश सरकारको निर्णय दुरासयपुर्ण भएको भन्दै निर्णय सच्याउन माग गरेको छ ।

प्रतिनिधिसभाको बिहीबारको बैठकको ढ्याढयापे समयमा बोल्दै नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले विपी उद्यानलाई शहिद पार्क बनाउने २ नम्बर प्रदेश सरकारको निर्णय दुरासयपुर्ण भएको टिप्पणी गरिन् ।

उनले नेपाली कांग्रेस र कांग्रेसका नेताको इतिहास मेटाउने काम भए शसक्त विरोधमा उत्रने चेतावनी दिएकी छन् । उनले प्रदेश सरकारलाई निर्णय सच्याउन निर्देशन गर्नका लागि केन्द्र सरकारसंग माग गरिन् ।

उनले भनिन् ‘मधेसबाट नेपाली कांग्रेसको र नेताको नाम निसान मेटाउने कदमको हामी घोर भत्र्सना गर्दछौ । र सभामुख मार्फत प्रदेश सरकारलाई निर्देशन गर्नका लागि सरकारलाई निवेदन गर्छौ ।’

प्रदेश नम्बर २ को सरकारले शहीद दिवसका दिन विशेष कार्यक्रम गरि विपी उद्यानमा शहीद पार्क बनाउने भन्दै औपचारीक उद्घाटन गरेपछि नेपाली कांग्रेसले त्यसको विरोध गर्दै आएको छ ।

विपी उद्यान बनाउनका लागि वीरगञ्ज नगरपालिकाले २०६० सालमा यातायात संस्थानबाट १० विघा जग्गा खरिद गरेको थियो । सोही स्थानमा शहीद पार्क बनाउने भन्दै प्रदेश सरकारले रकम निकासा पनि गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);