३ सय ३० वर्षको क्यान्जिन गुम्बाः पुरानै शैलीमा पुनर्निर्माण गरिने | ईमाउण्टेन समाचार

Our Network

असार १८ २०८१, सोमबार

३ सय ३० वर्षको क्यान्जिन गुम्बाः पुरानै शैलीमा पुनर्निर्माण गरिने

gumba

काठमाडौं, २३ फागुन । रसुवा – भूकम्पले क्षति पुर्‍याएको रसुवाको क्यान्जिन उपत्यकास्थित तीन सय ३० वर्ष पुरानो क्यान्जिन गुम्बा पुनर्निर्माण गरिएको छ । जापानी नागरिकको सहयोगमा गुम्बा पुनर्निर्माण गरिएको क्यान्जिन गुम्बाका लाक्पा लामाले बताए ।

‘पुरानै शैलीमा क्यान्जिन गुम्बा पुनर्निमाण गरेका छौँ,’ लामाले भने । ऐतिहासिक गुम्बा भएकाले पहिलेको स्वरूप नबिग्रने गरी पुनर्निर्माण गरिएको जनाएको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा लेखेको छ ।

स्थानीय लामागुरुको प्रत्यक्ष रेखदेखमा भित्री भागमा ढुंगा काटेर सिमेन्ट लगाइएको छ भने बाहिरी भागमा काटेको ढुंगाको गाह्रो लगाइएको छ । त्यस्तै, छानामा कालो ढुंगा स्लेट प्रयोग गरिएको हो ।

जापानी नागरिक आया आकासीको ९० लाख सहयोगमा गुम्बा पुनर्निर्माण गरिएको लामा लाक्पाले बताए । थप १० लाख स्थानीय बासिन्दाले व्यहोरेका छन् । १२ वैशाख, ०७२ को भूकम्पले गुम्बामा क्षति पुगेको थियो । जसका कारण पूजापाठ गर्न समस्या भएको थियो । पुनर्निर्माणपछि पूजापाठ सुरु गरिएको गुम्बाका लामा लाक्पाले बताए । गुम्बा पुनर्निर्माण भएपछि पूजापाठ गर्न सहज भएको स्थानीय बासिन्दाले बताए ।

चारैतिर हिमशृंखला देखिने भएकाले यो उपत्यका आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षण बन्दै आएको छ । तीन सय ३० वर्ष पुरानो गुम्बा हेर्न विदेशबाट समेत पर्यटक आउने गरेका छन् । पुनर्निर्माणपछि पर्यटकको आगमन झन् बढ्ने स्थानीय बासिन्दाको विश्वास छ । यो गुम्बामा १५ जना लामा छन् । उनीहरूले प्रत्येक वर्ष रेखदेखका लागि पालैपालो जिम्मेवारी पाउँछन् ।

गुम्बाभित्र छिर्ने्बित्तिक्कै गुरु रेनपोर्छेको मूर्ति देखिन्छ । यहाँ गुरु रिम्पोछेका ६ सय वर्ष पुराना मूर्ति छन् । त्यस्तै, दर्जनौँ बौद्धधर्म ग्रन्थ र थांकाचित्र पनि छन् । बौद्धधर्ममा चार किसिमका लामा हुन्छन् । यो गुम्बाभित्र न्यिङमक्पा, गेलुक्पा, शाक्यपा र कक्युक्पा लामाको थांकाचित्र छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);