क्लव डेजाभू काण्डः डेजाभूका संचालकलाई छुटाउन राजनीतिक लविङ तीव्र | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

क्लव डेजाभू काण्डः डेजाभूका संचालकलाई छुटाउन राजनीतिक लविङ तीव्र

dejavu

काठमाडौं, २३ फागुन । ठगीको आरोपमा पक्राउ परी थुनामा रहेका क्लव डेजाभूका संचालकलाई छुटाउन राजनीतिक लविङ तीव्र भएको छ । १२ दिन अघि २ करोड भन्दा बढी ठगी गरेको अभियोगमा महानगरीय प्रहरी परिसर काठमाडौको हिरासतमा रहेका समीप सिलाकार, प्रतिक श्रेष्ठ र प्रवेश श्रेष्ठलाई छुटाउन सरकारी वकिललाई समेत प्रभावमा पारेको पीडित पक्षले आरोप लगाएको छ ।

दोलखाका बिश्वराम श्रेष्ठले उक्त क्लव मर्मतका लागि २ करोड भन्दा बढी रुपिया बढी लगानी गरेको भए पनि क्वलका संचालकहरुले रकम नदिएपछि ठगी मुद्धामा परिसरमा जाहेरी दर्ता गरेका थिए ।

ठगी मुद्धामा प्रहरीले पक्राउ गरेका ब्यक्तिलाई २४ दिन थुनामा राखेर अनुसन्धान गर्ने अधिकार भएपनि दवावका कारण प्रहरीले १२ दिनमा नै जिल्ला अदालत काठमाडौमा मुद्धा बुझाएको छ । न्यायिक इतिहासमा यो नै पहिलो घटना भएको एक प्रहरी अधिकारीले नेपाल समाचारपत्रलाई जानकारी दिए ।

नायव महान्यायाधीवक्ता नारायण पौडेलले क्लव डेजाभूको मुद्धा दर्ता गराउन जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौलाई निर्देशन दिएपछि सरकारी वकिलको कार्यालयले मुद्धा दर्ता गरेको काठमाडौ जिल्ला अदालतले तयार पारेको प्रतिवेदनमा उल्लेख छ ।

महानगरीय प्रहरी परिसर काठमाडौले १ हजार ५ सय पन्नाको प्रतिवेदन तयार गरी अदालतमा पेश गरेको भएपनि सरकारी वकिलको कार्यालयले प्रतिवेदन अध्ययन नै नगरी माथिको आदेश भन्दै मुद्धा दर्ता गरेको ती प्रहरी अधिकारीले नेपाल समाचारपत्रलाई जानकारी दिए । सरकारी वकिलको कार्यालय काठमाडौका जिल्ला न्यायाधीवक्ता माधवप्रसाद घिमिरेले उक्त मुद्धा अध्ययन नै नगरी मुद्धा दर्ता गरेका थिए ।

क्वल डेजाभूका संचालक रमण सिलाकारले प्रहरी प्रसासन प्रयोग गरेर आफुहरुलाई फसाउन लागेको दावी नेपाल समाचारपत्रसंग गरेका छन् । सरकारी वकिलको कार्यालयले तयार पारेको प्रतिवेदनमा आफुलाई समेत फसाउन खोजेको आरोप सिलकारले लगाएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);